१ असार २०८३, सोमबार | June 15, 2026

नबिलले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै



काठमाडौं । नबिल बैंकले “नबिल ग्रीन विक” का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी “नबिल ग्रीन विक” अभियानको उद्घाटन गरेका हुन् ।

बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रीन विकमा केन्द्रित कार्यक्रम राखेको छ । यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरि रहेको बताए । उनले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए ।

अध्यक्ष पौड्यालले बैंक रणनीतिक रूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए । “हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ” पौड्यालले भने ।

नबिल सस्टेनेबल बैंकिङ आफ्नो स्थापनाकालदेखि नै सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न अग्रपङ्क्तिमा रहेको बैंकले जनाएको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैंकले आफ्नो भूमिका देखाउँदै गएको बताए । यो ग्रीन विक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ४ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का