१२ पुस २०८२, शनिबार | December 27, 2025

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएका छन । पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरण, व्यापार र लगानी प्रवद्र्धन तथा आर्थिक विकासमा वृहत छलफल भएको बताए । “आर्थिक विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर नेपाल सरकार अगाडि बढिराखेको सन्दर्भमा चीनले गरिरहेको आर्थिक सहयोगलाई अझ वृद्धि गर्नका लागि अनुरोध गरेका छौँ”, उनले भने, “चीनका उपप्रधानमन्त्री ह लि फङ तथा पार्टीका सिचुवान सचिव वाङ सिवहुइले पनि सकारात्मक ढङ्गले सोचिने विश्वास दिलाउनुभएको छ ।”

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । चिनियाँ अधिकारीसँगको भेटका सन्दर्भमा उनले भने, “चीनले नेपालको विकास प्रक्रियामा महत्वपूर्ण साझेदारको भूमिका खेल्दै आएको छ ।

भूकम्प, कोरोना महामारीलगागत नेपाललाई अप्ठयारो परेको समयमा चीनले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ, त्यसका लागि हार्दिक आभार प्रकट गरेको छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने । व्यापार र पर्यटन प्रवद्र्धन गर्न चिनियाँ पक्षसँग विशेष अनुरोध गरिएको जानकारी दिँदै उनले बेल्ट एण्ड रोड इनिसियटिभ ९बिआरआई० परियोजना कार्यान्वयनका सम्बन्धमा पनि छलफल भएको बताए ।

“चिनियाँ पक्षबाट बिआरआईअन्तर्गतका परियोजनाबाट नेपालले लाभ लिनका लागि के कस्तो तयारी गरेको छ भनी जिज्ञासा राखेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने “हामीले सो परियोजनाको सन्दर्भमा नेपालको योजना र ‘स्टेप’का बारेमा प्रष्ट पारेका छौँ ।” नेपालले बिआरआईअन्तर्गतका परियोजना कार्यान्वयनमा लैजान सन् २०१७ मा हस्ताक्षर गरेको थियो । कार्यान्वयन योजनालाई अन्तिम रुप दिन दुई पक्षकाबीचमा मस्यौदा आदानप्रदान भएको छ ।

“मस्यौदालाई अन्तिम रुप दिइसकेपछि ठोस् परियोजना र ढाँचाका बारेमा छलफल गरेर टुङ्गो लगाउँछौँ र बिआरआइबाट पनि हामी लाभान्वित हुने आशा राखेको कुरा हामीले भनेका छौँ”, उनले भने ।

छेन्दु-पोखरा उडान गर्न सिचुवान एयरलाइन्स सकारात्मक

भ्रमणका क्रममा सिचुवान एयरलाइन्सका पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुबाट नेपालका नयाँ विमानस्थलमा उडान गर्न एयरलाइन्सले सकारात्मक जवाफ दिएको बताए । उनले छेन्दु-काठमाडौं रुटमा दैनिक उडान सङ्ख्या थप गर्न र पोखरा तथा भैरहवा विमानस्थलमा व्यावसायिक उडान गर्न आग्रह गरिएको जानकारी दिए ।

“छेन्दु-काठमाडौं दैनिक उडान गर्न अनुरोध गरेको छौँ । त्यसमा उहाँहरुले सकारात्मक वचन दिनुभएको छ । छेन्दु-पोखरा र छेन्दु-भैरहवा व्यावसायिक उडानका निम्ति आग्रह गरेको छौँ । त्यसमा उहाँहरुले पोखरामा अलिबढी सकारात्मक ढङ्गले सोचेको जानकारी गराउनुभएको छ । हामीले छेन्दुबाट भैरहवामा पनि सिधा उडानका लागि जोड दिएका छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएकाले नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा नेपाल-चीन सम्बन्धबारे मन्तव्य दिएका थिए । उनले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो ।

प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा चीनकै पुरानो र बिनाबाँध छेन्दुलाई सिञ्चित गर्ने गरी निर्माण गरिएको दुजियाङ सिँचाइ प्रणालीको अवलोकनसमेत गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मङ्गलबार चीन प्रस्थान गरेका थिए । उनलाई विमानस्थलमा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ३ : ५३ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका