६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता शेयर रू पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू ४२ करोड ५६ लाख ५४ हजार सात सय सात बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रू २७ करोड ५५ लाख ९६ हजार चार सय २७, सोल्टी होटल रू २० करोड ८६ लाख ५० हजार तीन सय १६, सूर्यज्योति लाइफ इन्स्योरेन्स रू १६ करोड ६७ लाख ५७ हजार दुई सय ९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रू १४ करोड ६८ लाख ८१ हजार आठ सय ६७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सिटी होटल नौ दशमलव ९८, एनसिसी ऋणपत्र सात दशमलव ७८, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव ५६ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले पाँच दशमलव ४९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सिर्जनशील लघुवित्त नौ दशमलव ३२, माउण्टेन इनर्जी नेपाल नौ दशमलव १२, गरिमा विकास लघुवित्त आठ दशमलव शून्य एक, साधना लघुवित्त सात दशमलव ५८ र गुराँस लघुवित्तका लगानकर्ताले सात दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : २० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको