१९ माघ २०८२, सोमबार | February 2, 2026

नेपाललाई युएईको मध्यम लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले ४६.४ ओभरमा १० विकेट गुमाउँदै १८१ रन बनाएको छ ।

युएईका लागि कुनै पनि खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । ओपनर आसिफ खान शून्य रनमै आउट हुँदा अर्का ओपनर आर्यन शर्माले २८ रन जोडे ।

वृत्य अरविन्दले ४४ रन, रमीज शहजादले १० रन, रोहन मुस्तफाले ३५ रन, बासिल हमिदले २९ रन, अली नसीरले ४ रन, संचित शर्माले १२ रन, पलानियापन मयप्पनले ५ रन र मुहम्मद जवाद उल्लाहले १ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछाने र करन केसीले तीन-तीन विकेट लिए भने प्रतिश जी.सी, गुलसन झा र दिपेन्द्र सिंह ऐरीको नाममम एक-एक विकेट रह्यो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ३७ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका