१० श्रावण २०८३, आइतबार | July 26, 2026

नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल, विजयी भए सुपर सिक्समा



काठमाडौं । नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेवाट सुरु हुनेछ ।

दुईवटा खेलमा पराजित तथा एक खेलमा विजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दवाव परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनुपर्ने हुन्छ ।

यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।

तर, चार चार पटक विश्वकप विजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दवावमा आएर खेल्नु पर्ने वाध्यता छ ।

सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दवावमा खेल्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ११ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले