२८ भदौ २०८३, आइतबार | September 14, 2026

आईसीसी एकदिवसीय क्रिकेट : नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य



काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शून्य रनमा आउट भए । आजको खेलमा नेपालका कुनै ब्याटरका बीचमा उत्कृष्ट साझेदारी हुन सकेन ।

यसैगरी सन्दीप लामिछानेले ३३ बलमा चार चौकाको सहयोगमा २७ रन बनाए भने अर्का ओपनर कुशल भूर्तेलले ४२ बलमा दुई चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्कीले ५६ बलमा एक चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लगन भान विकले चार विकेट लिए भने बास डि लिड र विक्रमजित सिंहले समान दुई/दुई विकेट लिए । त्यस्तै क्लेटन प्लोयट र आर्यान दत्तले समान एक/एक विकेट झारे ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई छ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।

नेदरल्यान्ड्स जिम्बावेसँग छ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिकरुपमा सुपर सिक्समा पुग्नेछ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ४ : ०७ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा