३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

नेदरल्याण्डसँग पराजित भएसँगै नेपालको विश्वकप यात्रामा पूर्णविराम



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाबेमा जारी समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको छ । यो पराजयसँगै नेपालको विश्वकपको सपनामा यसपटक पूर्ण विराम लागेको छ । नेपाल समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको हो ।

टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै दिएको १६८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य भेटाउने क्रममा नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै सुपर सिक्समा स्थान पक्का गरेको छ ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ‘ डोवाडले सर्वाधिक ९० रनको उत्कृष्ट इनिङ खेले । उनले गुलशन झाको बलमा बोल्ड हुनुअघि, ७५ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे। विक्रमजित सिंह ३० रनमा पभेलियन फर्कँदा, बास डी लिड ४१ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले दुई तथा गुलशन झाले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा १० विकेट गुमाउँदै १६७ रन बनाएको थियाे । ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए । आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो ।

आरिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए । भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो । सन्दिप लामिछानेले २७ रनको योगदान गरे ।

नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ०६ बजे

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार

पत्रकारको नाममा सूचना माग्दै बार्गेनिङ गर्ने प्रवृत्ति पनि छ : प्रमुख सूचना आयुक्त आचार्य

हेटौडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद

अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्यलाई केही दिन अस्पताल राखिने, यस्तो छ अवस्था

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा गोल्डकपको च्याम्पियन

काठमाडौं । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको