११ पुस २०८२, शुक्रबार | December 26, 2025

राष्ट्रियसभाको बैठक सोमबार, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउनेछन् ।

यस्तै विनियोजन विधेय २०८० माथि मन्त्रालयगत छलफल हुनेछ ।  जसमध्ये वन तथा वातावरण, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सहरी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको  शिर्षकमाथि छलफल हुनेछ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ४६ बजे

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा