२९ असार २०८३, सोमबार | July 13, 2026

बागमती प्रदेशसभाको बैठक बस्दै



हेटौडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११  बजे बोलाइएको छ  ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूको आरोप छ कि बजेट  विभेदकारी छ ।

हिजो पनि २ बजे बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भएको  थियो । तर, सो बैठकमा पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक सोमवार बिहान ११ बजे बोलाइएको हो ।

हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुदेँ माग सार्वजनिक गर्दै सो  विषय बजेटमा समावेश गर्नु पर्ने  विषय उठान गरेको छ । आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ११ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले