१५ माघ २०८२, बिहिबार | January 30, 2026

बागमती प्रदेशसभाको बैठक बस्दै



हेटौडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११  बजे बोलाइएको छ  ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूको आरोप छ कि बजेट  विभेदकारी छ ।

हिजो पनि २ बजे बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भएको  थियो । तर, सो बैठकमा पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक सोमवार बिहान ११ बजे बोलाइएको हो ।

हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुदेँ माग सार्वजनिक गर्दै सो  विषय बजेटमा समावेश गर्नु पर्ने  विषय उठान गरेको छ । आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ११ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला