२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै



बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ ।

राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ ।

राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठूला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम सुरु भएको जनताको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए । उनका अनुसार बोलपत्र आह्वान गरेर काम गर्ने समयावधि नभएका कारण उपभोक्ता समितिमार्फत काम गर्न लागिएको हो । कचनापुरको मधुवामा काम सुरु भइसकेको छ भने खल्लाझगडियामा उपभोक्ता समिति बन्ने क्रममा रहेको छ ।

“तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठूला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ”, उनले भने, “मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।”

तटबन्ध निर्माण हुन नसके राप्ती नदीमा ठूलो बाढी आए गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेको थियो । तटबन्ध निर्माणकार्य गर्न लागिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना)ले बताइन ।

गत वर्ष राप्ती नदीमा आएको बाढीले मधुवाघाट र खल्लाझगडियामा तटबन्ध भत्काएको थियो । अहिले नदी नियन्त्रण हुन नसके बाढी गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेकाले मनसुन सुरु भए पनि तटबन्धको काम गर्नुपरेको बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले बताए ।

स्थानीय विपद् व्यवस्थापन समितिको मागअनुसार कचनापुरको मधुवाघाट र खल्लाझगडिया टोलमा तटबन्ध निर्माणार्थ ढुङ्गा उत्खननका लागि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले अनुमति दिइसकेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ११ : ०९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले