११ भदौ २०८३, बिहिबार | August 27, 2026

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध



नेपालगन्ज । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको काम सुरुआत गरिएको छ । राप्ती नदीमा आउने बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिममा रहेका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने जनाउँदै जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अघि बढाइएको हो । नदी तटीय क्षेत्रमा बर्सेनि डुबानको समस्या हुँदै आएको छ ।

वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै गत एक सातादेखि जनताको तटबन्ध कार्यक्रम आयोजना प्रमुख डा नारायण सुवेदीसहित प्राविधिक टोलीले निर्माणस्थलमा पुगेर नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि बेम्बो पाइलिङ प्रविधिबाट अस्थायी आपत्कालीन तटबन्ध बनाउने कार्य गरिरहेको छ ।

राप्ती नदी क्षेत्रमा प्रायः डुबान र कटानको समस्या तीव्र रुपले हुने हुँदा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बाढी र नदी कटानको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा रहेकाले तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रूपले नदीको चार मिटर गहिराइबाट तटबन्ध बन्ने कार्य जनताको तटबन्ध कार्यक्रमले गरिरहेको डा सुवेदीले जानकारी दिए ।

जिल्लाका तीन स्थानीय तहअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ स्थित ढलैया, वडा नं ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, राप्ती नदीपूर्वको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित सोनवर्षा, गङ्गापुर ९कुदरबेटवा०, भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगमा बाढीको जोखिम न्यूनीकरणका लागि आपत्कालीन तटबन्धको काम सुरु गरिएको उनले उल्लेख गरे ।

पक्की तटबन्ध निर्माणका लागि गत जेठमा मात्र बोलपत्र आह्वान हुँदा बजेट र ढुङ्गाको अभावका साथै वर्षा सुरु भइसकेका कारण हाललाई अस्थायी तटबन्ध निर्माणकार्य सुरु गरिएको सुवेदीको भनाइ छ । राप्ती नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार जनता बाढीको उच्च जोखिममा रहँदा दाङस्थित जनताको तटबन्ध कार्यक्रमले हाललाई अस्थायी रुपको आपत्कालीन तटबन्ध निर्माण गरेपछि जोखिम कम हुने नेपाली कांग्रेस क्षेत्रीय सभापति पोषण केसीले बताए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : १७ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ