२० माघ २०८२, मंगलबार | February 3, 2026

‘बगान’ को ट्रेलर सार्वजनिक, करिश्मा र प्रमिलाको अभिनयलाई तारिफ



काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक एकल आमाको संघर्ष, सामाजिक द्वन्द्व, चाहना र सन्तान प्रतिको दायित्वलाई देखाईएको छ । ट्रेलरमा आमाको भूमिकामा रहेकी करिश्मा मानन्धर र छोरीको भूमिकामा रहेकी प्रमिला कार्कीको अभिनयले प्रसंशा बटुलेको छ ।

आयोजित कार्यक्रममा ट्रेलर देखाईएपछि उनीहरू दुवैलाई बधाई दिईएको थियो । ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ । अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठलाई राखिएको छ । अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ ।

‘मैले यो पात्रलाई महसुस गर्न मेरो आमाका संघर्षका दिन सम्झिए । बाल्यकालमै म मेरो बहिनीलाई लिएर उहाँ घरबाट निस्किनु भएपछि गर्नुभएको संघर्षले हामीलाई मजबुत बनाएको हो’, अभिनेत्री मानन्धरले भनिन्,’यसमा एकल आमा प्रति सन्तान, परिवार र समाजको दायित्व देखाईएको छ । एक हिसाबले एकल आमाको जीवनलाई यसमा देखाएका छौँ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री कार्कीले आफू भन्दा सिनियर कलाकारहरूको सहायताले पर्दामा भूमिकालाई जिवन्त बनाउन सकेको प्रतिक्रिया दिईन् । उनले भनिन् ,’मभन्दा अनुभवी र पुराना कलाकारले समेत मलाइ सहज बनाइ दिनुभयो । मेरो वास्तविक जीवनसँगै मिल्ने स्वभाव यसमा देखाईएको छ । म एक किसिमले मेरो व्यक्तिगत जीवनसँग नजिक रहेको पात्रमा छु ।’

कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए । उनले भने,’आज हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर निशुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ ।’

कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख तथा माइती नेपालकी अध्यक्ष एवं सिएनएन हिरो अनुराधा कोइराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो । नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।

‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : २९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि