१८ माघ २०८२, आइतबार | February 1, 2026

एसईईको नतिजा टेलिकममा फोन र एसमएस गरेर हेर्न सकिने, यसरी हेर्नुस् मार्कसिटसहित



काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस (SMS) तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको हो ।

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ । १६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ । दुई मिनेटको समयावधिलाई एक कल मानिनेछ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर / (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ४ : ४६ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका