६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रदेशबाट एसईईमा २ हजार ७५९ जना विद्यार्थीले ल्याए ३.६० देखि ४ जिपिए



बुटवल । लुम्बिनी प्रदेशबाट एसईईको परीक्षामा २ हजार ७९५ जनाले ३.६० देखि ४ जिपिए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ६ हजार ८१३ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या १० हजार २०१, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या १३ हजार ३३२, २ देखि २.४ जीपीए ल्याउनेको संख्या १७ हजार ९७ जना रहेका छन् ।

सबैभन्दा धेरै १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १८ हजार ९६० रहेको छ । यस्तै १.२० देखि १.६० जीपीए ल्याउने १० हजार ५७३ र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ७१९रहेको छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् ।

नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी थिए । एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार सात सय ८३ तथा सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी सहभागी थिए ।

यस्तै दाङबाट १३ हजार चार सय ४८, बाँकेबाट आठ हजार आठ सय ८६, कपिलवस्तुबाट आठ हजार छ सय ९९, बर्दियाबाट सात हजार छ सय ८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार पाँच सय ४६, गुल्मीबाट चार हजार सात सय २२, अर्घाखाँचीबाट तीन हजार दुई सय ७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार एक सय ७२ परीक्षार्थी सहभागी भएका थिए । ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ५ : ३२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क