५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलको मिलनचोकमा खुल्यो भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीको चौथो शाखा



बुटवल । भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीको चौथो शाखा बुटवलमा खुलेको छ । बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्टेन्सीका ग्लोबल डाइरेक्टर नविन पन्तले उद्घाटन गरेका हुन ।

सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानाडा, युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुको मागका आधारमा उनीहरुलाई सही ढंगले परामर्श दिने उद्देश्यले बुटवलमा शाखा बिस्तार गरेको जानकारी दिए ।

भिएक्सएलले सर्टिफिकेट मात्रै भन्दा पनि सीप समेत सिकेर अध्ययनका लागि विदेश जांदा सजिलो हुने भन्ने कुरालाई विशेष प्राथमिकताका साथ परामर्श दिने गरेको बताए । भि एक्स एलले यसअघि काठमाडौं, चितवन र विराटनगरमा शाखा सञ्चालनमा ल्याइसकेको पन्तले बताए ।

भिएक्सएलका बुटवल प्रमुख विष्णुप्रसाद यादवले शाखा शुभारम्भका अवसरमा विभिन्न शुल्कमा ५० प्रतिशतसम्म छुट गरिएको बताए । आफ्नो संस्थाले उच्च शिक्षा अध्ययन र केही वर्ष विदेशमै रहेर कमाउनु जायज भएपनि दीर्घकालिनरुपमा विदेशमै रहने देशको लागि राम्रो होइन त्यसकारण निश्चित समयपछि स्वदेशमै फर्किनुपर्छ भन्ने मान्यता अनुसार परामर्श दिने गरेको यादवले बताए ।

भिएक्सएलको अष्ट्रेलिया, फिलिपिन्समा पनि शाखा कार्यालय रहेको संस्थाका नेपाल डाइरेक्टर राजेन्द्र लेखकले बताए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ६ : १५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता