२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवलको मिलनचोकमा खुल्यो भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीको चौथो शाखा



बुटवल । भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीको चौथो शाखा बुटवलमा खुलेको छ । बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्टेन्सीका ग्लोबल डाइरेक्टर नविन पन्तले उद्घाटन गरेका हुन ।

सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानाडा, युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुको मागका आधारमा उनीहरुलाई सही ढंगले परामर्श दिने उद्देश्यले बुटवलमा शाखा बिस्तार गरेको जानकारी दिए ।

भिएक्सएलले सर्टिफिकेट मात्रै भन्दा पनि सीप समेत सिकेर अध्ययनका लागि विदेश जांदा सजिलो हुने भन्ने कुरालाई विशेष प्राथमिकताका साथ परामर्श दिने गरेको बताए । भि एक्स एलले यसअघि काठमाडौं, चितवन र विराटनगरमा शाखा सञ्चालनमा ल्याइसकेको पन्तले बताए ।

भिएक्सएलका बुटवल प्रमुख विष्णुप्रसाद यादवले शाखा शुभारम्भका अवसरमा विभिन्न शुल्कमा ५० प्रतिशतसम्म छुट गरिएको बताए । आफ्नो संस्थाले उच्च शिक्षा अध्ययन र केही वर्ष विदेशमै रहेर कमाउनु जायज भएपनि दीर्घकालिनरुपमा विदेशमै रहने देशको लागि राम्रो होइन त्यसकारण निश्चित समयपछि स्वदेशमै फर्किनुपर्छ भन्ने मान्यता अनुसार परामर्श दिने गरेको यादवले बताए ।

भिएक्सएलको अष्ट्रेलिया, फिलिपिन्समा पनि शाखा कार्यालय रहेको संस्थाका नेपाल डाइरेक्टर राजेन्द्र लेखकले बताए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ६ : १५ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ