२१ बैशाख २०८३, सोमबार | May 4, 2026

परराष्ट्र मन्त्री साउद र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता



काठमाडौं । असंलग्‍न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ ।

अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठक सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : ४४ बजे

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा