१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं ल्याइने


२२ असार २०८०, शुक्रबार  

117
Shares

काठमाडौं । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ ।

नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। “आयोजनाले काठमाडौं उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ”, उनले भने। वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौँ उपत्याकामा ल्याइने पन्तको भनाइ छ ।

आयोजनाले काठमाडौं उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो । लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाब दिएको उनले बताए । “पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो”, पन्तले भने ।

मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौं ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १० : ०७ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय