५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सङ्गीतकार/एरेन्जर सुनुवारलाई गोल्डेन हर्स विशेष सम्मान



काठमाडौं । संगीतकार तथा संगीत संयोजक पुष्कर सुनुवार राजधानीमा सम्मानित भएका छन् । हालै काठमाडौंमा आयोजित ‘फस्ट गोल्डेन हर्स इन्टरनेसनल अवार्ड २०२२’ मा सुनुवार ‘गोल्डेन हर्स विशेष सम्मान’बाट सम्मानित भएका हुन् ।

गोल्डेन हर्स फिल्मस्ले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, हाँस्य कलाकार वसुन्धरा भुषाल र नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’की नायिका चैत्यदेवी सिंहले संयुक्त रुपमा सम्मान गरेका थिए ।

सन् २००५ मा पहिलो एलबम ‘अन्तरा’ अनि दोश्रो एलबम ‘तिमी सङ्ग’ बाट सांगीतिक करियर सुरु गरेका पुष्कर गीत ‘मायाले साह्रै रुवाउँदो रैछ’बाट चर्चामा आए । उनका गीतहरु ‘नयनमा गाजल’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’, ‘झ्यान कुटी झ्यान कुटी’, ‘मैले सुने तिम्रो खबर’, ‘उर्कुची मुर्कुची’, ‘टालाटुली बाटुली’ , आखाको नानिमा ,लगायत गीत हिट छन् ।

पुष्करले ललितकला संगीत कलेजबाट संगीत अध्ययन गरेका छन् । उनले संगीत भरेका गीतहरुमा ‘घाइते मुटुको व्यथा’, ‘आँशु रैछ जिन्दगी यो’, ‘बरु पत्थर पग्लिन सक्छ’, ‘साह्रै याद आउँछ’, ‘आउ कम्मर भाँच्नलाई’, ‘तिमी फूल बनेर’, ‘दोलखा चरिकोट’लगायत का धेरै गीत चर्चित छन् ।

त्यस्तै एरेन्ज गरेका गीतमा ‘मभन्दा नि धेरै राम्रो’, ‘सुनैको दरबार’, ‘माछी जालैमा’, ‘अम्रिका घुमौला’, ‘साह्रै याद आउँछ’, ‘एकान्त त्यो सुनी’ र ‘कालापानी’ लगायत छन् । पुष्कर सुनुवार ले नेपाली चलचित्रमा पनि धेरै काम गरेका छन उनले एरेन्ज गरे गरेका चलिचित्र बाजिगर , तीन घुम्ती , सरि ल, लै बरि लै लगायत धेरैमा फिल्म मा काम गरेका छन त्यस्तै उनले सङ्गीत भरेको अनि स्वर भरेको फिल्महरु मिसन यार्सा , मन त परदेशी,रेनि लगायतका छन ।

उनले गाएका गीतमा ‘मायाले साह्रै’, ‘चाहेर सजाउन सकिनँ’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’लगायतले चर्चा कमाउन सफल भएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ३ : ०८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं