१७ भदौ २०८३, बुधबार | September 2, 2026

फेरि मिटरब्याजपीडित आन्दोलित (फोटोफिचर)



काठमाडौं । मिटरब्याजपीडित फेरि आन्दोलित भएका छन् । मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै आइतबार पीडितहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेकाक पीडितहरुले आफूहरुसँगको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

मिटरब्याजपीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमालेले गरेको सदन  अवरुद्धका कारण निस्क्रिय भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

गत २० वैशाखमा सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधानअनुसार ६० दिनभित्र संसदबाट पारित गर्नुपर्ने हुन्थ्यो । तर, निर्णयार्थ प्रस्तुत गर्ने दिन प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले सदन अवरुद्ध गरेका कारण पारित हुन सकेन । जस कारण सो विधेयक निस्क्रिय हुन पुग्यो ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । गत बुधबार उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभाबाट पठाउनुपर्ने थियो । तर, सोही दिन दुवै सदन एमालेले अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : १३ बजे

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित