२८ भदौ २०८३, आइतबार | September 14, 2026

२५औं एसियन एथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्टले प्रायोजन गर्ने



काठमाडौ । थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५ औं एसियन एथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ ।

यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजको रुपमा सहभागि भै सकेको छ ।

एसियन यथलेटिकस् च्याम्पियनसिपमा को २५ औं संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागि जनाउनको लागि आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीले सहभागि जनाउने भएका छन् ।
उत्त यथलेटिक्समा सहभागि खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हाँसिल गरिसकेका छन ।

एसियन यथलेटिकस् एसोशियशनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन यथलेटिकस् च्याम्पियनसिप अघिल्लो पटक चिनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउने छन ।

सहभागि खेलाडी मध्ये आयुष कुँवर र शिवराज पारकी जसले एसियन यथलेटिकस् मा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागि हुनेछन, जसमा आयुष कुवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने शिवराज पारकी हालैको नेशनल च्याम्यानशीप हन ।

ए.पि.एफ क्लवकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबमादुर कुमाल ४०० मिटर देखि ८०० मिटर र दिपक अधिकार १०,००० मिटर दौडमा सहभागि हुने छन् । दिपक अधिकारी एसियन क्रस कन्ट्रिका च्याम्पियनशीप हुन ।

काठमाडौंमा भएको एक कार्यक्रमका विच नेपाल एथलेटिक्स एसोसियशनका तार्फबाट सचिव आर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो । “शिवम् सिमेन्ट आफैमा हाई स्ट्रेन्थ कायम राख्ने ओ.पि.सि. सिमेन्ट हो । हामीले हाम्रो स्ट्रेन्थलाई अन्तराष्ट्रिय म्याराथन हाई स्ट्रेन्थको खेलसंग समन्वय गर्न पाउदा खेलकुद क्षेत्र र हामीलाई थप हौसला मिलेको छ” शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि अग्रवालले बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  २ : २६ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा