३ आश्विन २०८३, शनिबार | September 20, 2026

संसद अवरोध खुलाउन बसेको तीन नेताको बैठक सकियो, के भयो सहमति ?



काठमाडौं । संसदको अवरोध खुलाउन बसेको तीन ठूला दलका शीर्ष नेताको बैठक सकिएको छ ।

सिंहदरबारमा बसेको बैठकमा निरन्तर अवरुद्ध हुँदै आएको बैठकलाई संचालन गर्ने विषयमा कुरा भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक बसेको हो ।

बैठकमा प्रधामन्त्री प्रचण्डले आफुले दिएको अभिव्यक्तिबारे संसदमा बोल्ने र प्रतिपक्षी दलले पनि संसद खोल्ने सहमति भएको छ । यस्तै सहमति हिजो पनि भएको थियो । तर प्रधानमन्त्रीका सल्लाहकारले जारी गरेको विज्ञप्ति ठिक नभएको भन्दै एमालेले पुनः संसद खोल्न अस्वीकार गरेको थियो ।

तर आज सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको हो ।

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओली सहमतिबारे सदनमै थाहा हुने प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको बताए ।

तीन शीर्ष नेताको बैठकपछि संसदको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक बसेको छ । बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई तीन नेताबीच भएको छलफलबारे ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रहित विपरित अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको बैठक भने भोलिसम्मका लागि स्थगित भैसकेको छ ।

 

 

 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  २ : ३७ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब