९ बैशाख २०८३, बुधबार | April 22, 2026

नबिलले मनायो ३९ औँ वार्षिकोत्सव,प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि



काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको छ ।

बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ । ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो पृथक चिनारी बनाएको छ ।

३९ औं वार्षिकोत्सवकोे अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए । त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको उनको भनाई छ । बैंक स्थापना काल देखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा रहन सफल भएको प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाई छ। दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : ४८ बजे

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग