५ पुस २०८२, शनिबार | December 20, 2025

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण फर्काउनु गलत : वैदेशिक रोजगार व्यवसायी संघ



काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउनु गलत भएको जनाएको छ।

संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन कार्यालयले विना कारण श्रमिकलाई बिमानस्थलबाटै फर्काउने गरेको भन्दै आपत्ती जनाएको हो।

अध्यागमनका कर्मचारीले विगत केहि दिनदेखि कानुन विपरितको गलत सूचना दिने, अनावश्यक दुःख दिई बैदेशीक रोजगारीबाट बञ्चित गराउने उद्देश्यबाट प्रेरित भइ हस्तक्षेपयुक्त कार्य गर्दै अएको संघको आरोफ छ।

यस सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुबेत जान लागेका ११७ जना कामदारलाई बिमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिइ फर्काइएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिइ वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुदा हुँदै पनि कामदारलाई रोक्ने काम गरिएको उनले बताए।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ३७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता