१४ चैत्र २०८२, शनिबार | March 28, 2026

मिटरब्याज विरुद्धको विधेयक संसदबाट सर्वसम्मत पारित



काठमाडौं । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० सर्वसम्मत पास गरेको हो ।

संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने विषयमा विधेयकमा संशोधन गर्न स्वीकार गरेसँगै विधेयक सर्वसम्मत पास भएको हो ।

राष्ट्रियसभाबाट यस अघि नै पारित भइसकेको यो विधेयक प्रतिनिधिसभाले पारित गरेपछि अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । दुबै सदनले पास गरेको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ ।

मिटरब्याजलाई अनुचित लेनदेन मानेर कारवाहीका लागि कानुनी दायरामा ल्याउन सरकारले २० वैशाखमा अध्यादेश ल्याएको थियो । संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रतिस्थापन विधेयक २० असारभित्र पारित गरिसक्नुपर्ने भएपनि एमाले र राीवपाले संसद अवरुद्ध पारेपछि सो विधेयक निश्क्रिय बनेको थियो ।

२० असारमा पारित गर्ने कार्यसूची राखिएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्ति दिएको भन्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले संसद अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ४४ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने