२१ मंसिर २०८२, आइतबार | December 8, 2025

पाकिस्तानमा भत्काईयो १५० बर्ष पुरानो हिन्दु मन्दिर



कराँची । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ ।

मन्दिर भत्किए पछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन् ।

कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रबार राति भारी प्रहरीको उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको थियो। यस क्षेत्रका हिन्दू मन्दिरहरूको हेरचाह गर्ने रामनाथ मिश्र महाराजले भने, ‘उनीहरू राति अबेरसम्म मन्दिर भत्काए र हामीलाई थाहा थिएन कि यो भइरहेको छ ।’

अधिकारीले मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको मिश्रले बताए । उनले करिब डेढ सय वर्षअघि मन्दिर निर्माण भएको र मन्दिरको आँगनमा खजाना गाडिएको बताइन् । उनले चार सयदेखि ५ सय वर्ग गज क्षेत्रफलमा मन्दिर बनेको र वर्षौंदेखि मन्दिरको जग्गा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

स्थानीय प्रहरी चौकीका एक वरिष्ठ प्रहरी अधिकारीले मन्दिरलाई अधिकारीहरूले खतरनाक संरचना घोषणा गरेकाले भत्काइएको बताए। उनले मन्दिर कराँचीको मद्रासी हिन्दू समुदायले सञ्चालन गरेको र संरचना निकै पुरानो र खतरनाक भएकोमा उनीहरु सहमत भएको बताए । मन्दिर व्यवस्थापनले भारी हृदयले देवताका मूर्तिहरूलाई सानो कोठामा सारेका छन, ती अधिकारीले भने ।

अर्कोतर्फ हिन्दू समुदायका स्थानीय नेता रमेशले मन्दिरको जग्गा किर्ते कागजपत्रका आधारमा ‘डेभलपर’लाई बिक्री गरेको भन्दै केही समयदेखि मन्दिर व्यवस्थापनलाई परिसर खाली गर्न दबाब परेको बताए । उनले मन्दिरको जग्गामा  ‘डेभलपर’ले व्यावसायिक भवन बनाउन चाहेको बताए । हिन्दू समुदायले पाकिस्तान हिन्दु परिषद, सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाह र सिन्ध प्रहरी महानिरीक्षकलाई यस विषयमा तत्काल ध्यानाकर्षण गर्न अपील गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ४३ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब