२४ माघ २०८२, शनिबार | February 7, 2026

प्रधानमन्त्री विरुद्ध अनर्गल पोष्ट गर्ने राना बुटवलबाट पक्राउ



बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध सामाजिक सञ्जालमा अनर्गल स्टाटर पोष्ट गर्ने बेटवलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले बुटवलको देबीनगरबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देवीनगरबाट शेरबहादुर राना मगर रहेको बताइएको छ । ब्युराको टोलीले काठमाडौबाट लोकेशनको खोजी गर्र्दैै बुटवल आएर रानालाई पक्राउ गरेर लगेको हो । इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा रानालाई पक्राउ गरिएको स्रोतले दाबी गरेको छ ।

मगरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबारे सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ ।

‘अरूलाई विधवा बनाएर अब आफ्नो पनि त्यस्तै हो ……’ भन्ने खालको कुरा जोडेर लेखेको अभियोगमा छाबिन गर्दा रानाले सो स्टाटस पोष्ट गरेको देखिएपछि पक्राउ गरिएको स्रोतको दाबी छ ।

त्यस्तै मगरमाथि प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोप पनि प्रहरीले लगाएको छ।

आइतबार साँझ पक्राउ गरेको रानालाई ब्युरो टोलीले उनलाई आज काठमाडौं लगेको स्रोतले बतायो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ५९ बजे

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार