६ भदौ २०८३, शनिबार | August 22, 2026

पाल्पाको सिद्धबाबामा आजबाट दानदक्षिणाको भुक्तानी डिजिटल प्रबिधिबाट



बुटवल । तल्लो सिद्धबाबाका नामले प्रसिद्ध बुटवलको सिद्धबाबामा भक्तले चढाएको दक्षिणामा ब्रम्हलुट चलिरहेका बेला पाल्पाको तिनाउ गाँउपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरले आजबाट दान दक्षिणा दिने भक्तजनलाई डिजिटल बिल दिन सुरु गरेको छ । मन्दिरको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले आजबाट भक्तहरुलाई डिजिटल बिल दिन थालिएको हो ।

सोमबार मन्दिर दर्शनमा आएकी सावित्रा खत्रीले परेवा खरिद गरेबापत रकम भुक्तानीपछि उनलाई कोषाध्यक्ष कुमारी खड्काले डिजिटल बिल हस्तान्तरण गर्दै सेवा प्रारम्भको घोषणा गरिन् ।

मन्दिरमा दर्शनार्थी तथा पूजाआजाका साथै विभिन्न सेवा सुविधा लिएबापत मन्दिरलाई उपलब्ध गराउने रकमको बिल अब डिजिटल माध्यमबाट उपलब्ध गराउने ब्यवस्था गरिएको मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष शेरचनले बताए । उनले यसरी डिजिटल प्रविधिको प्रयोगले मन्दिरको आम्दानी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास ब्यक्त गरे ।

मन्दिर बिकास समितिका अध्यक्ष शेरचन, सचिव अरविन्द पाण्डेय, सदस्य तोया लम्साल लगायतको उपस्थितीमा सेवाको शुभारम्भ गरिएको हो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : १२ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक