४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पाल्पाको सिद्धबाबामा आजबाट दानदक्षिणाको भुक्तानी डिजिटल प्रबिधिबाट



बुटवल । तल्लो सिद्धबाबाका नामले प्रसिद्ध बुटवलको सिद्धबाबामा भक्तले चढाएको दक्षिणामा ब्रम्हलुट चलिरहेका बेला पाल्पाको तिनाउ गाँउपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरले आजबाट दान दक्षिणा दिने भक्तजनलाई डिजिटल बिल दिन सुरु गरेको छ । मन्दिरको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले आजबाट भक्तहरुलाई डिजिटल बिल दिन थालिएको हो ।

सोमबार मन्दिर दर्शनमा आएकी सावित्रा खत्रीले परेवा खरिद गरेबापत रकम भुक्तानीपछि उनलाई कोषाध्यक्ष कुमारी खड्काले डिजिटल बिल हस्तान्तरण गर्दै सेवा प्रारम्भको घोषणा गरिन् ।

मन्दिरमा दर्शनार्थी तथा पूजाआजाका साथै विभिन्न सेवा सुविधा लिएबापत मन्दिरलाई उपलब्ध गराउने रकमको बिल अब डिजिटल माध्यमबाट उपलब्ध गराउने ब्यवस्था गरिएको मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष शेरचनले बताए । उनले यसरी डिजिटल प्रविधिको प्रयोगले मन्दिरको आम्दानी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास ब्यक्त गरे ।

मन्दिर बिकास समितिका अध्यक्ष शेरचन, सचिव अरविन्द पाण्डेय, सदस्य तोया लम्साल लगायतको उपस्थितीमा सेवाको शुभारम्भ गरिएको हो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : १२ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य