१९ बैशाख २०८१, बुधबार | May 2, 2024

महाशिवरात्रि : पाल्पाको सिद्धबाबामा बिहानैदेखि दर्शनार्थीको घुईंचो, १५ हजार दर्शनार्थीले गरे दर्शन (फोटो फिचर)



बुटवल । आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाइँदैछ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

रूपन्देही र पाल्पाको सिद्धबाबामा बिहानैदेखि घुइँचो दर्शनार्थीको लागेको छ । महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको शिवधामहरूमा मन्दिरमा घुइँचो लागेको हो ।

सिद्धबाबा मन्दिर बिकास समितिले महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताएका छन् । भक्तजनको शुविधाका लागि आज शुक्रबार सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवसथापन गरिएको अध्यक्ष शेरचनले बताए । बुटवलका योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा गोलपार्कमा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । यसैगरी व्यवसथापनलाई सहज बनाउनका लागि बिभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिएको उनले बताए ।

विगत वर्षहरुमा जस्तै यो वर्ष पनि करिब ४० हजार भक्तजनले पूजापाठ गर्ने र त्यसका लागि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन टोकनको व्यवस्था गरिएको सदस्य तोया लम्सालले जानकारी दिए । सिद्धबाबा मन्दिर बिकास समितिले भक्तजनका लागि निशुल्क प्रसाद वितरण तथा भण्डाराको व्यवस्था गरेको छ । बिहान साढे ३ बजेदेखि मन्दिरको मुख्य द्वार खुला गरी पूजापाठ चलिरहेको छ । बिहान ९:३० बजेसम्म १५ हजार भक्तजनहरुले पूजापाठ गरिसकेको लम्सालले जानकारी दिए ।

फोटो फिचर

 

तस्वीर : तोया लम्साल

 

तस्वीर : तोया लम्साल

 

 

तस्वीर : तोया लम्साल

 

तस्वीर : तोया लम्साल

 

तस्वीर : तोया लम्साल

 

तस्वीर : तोया लम्साल

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : ४३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी