२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

महाशिवरात्रि : पाल्पाको सिद्धबाबामा बिहानैदेखि दर्शनार्थीको घुईंचो, १५ हजार दर्शनार्थीले गरे दर्शन (फोटो फिचर)



बुटवल । आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाइँदैछ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

रूपन्देही र पाल्पाको सिद्धबाबामा बिहानैदेखि घुइँचो दर्शनार्थीको लागेको छ । महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको शिवधामहरूमा मन्दिरमा घुइँचो लागेको हो ।

सिद्धबाबा मन्दिर बिकास समितिले महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताएका छन् । भक्तजनको शुविधाका लागि आज शुक्रबार सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवसथापन गरिएको अध्यक्ष शेरचनले बताए । बुटवलका योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा गोलपार्कमा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । यसैगरी व्यवसथापनलाई सहज बनाउनका लागि बिभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिएको उनले बताए ।

विगत वर्षहरुमा जस्तै यो वर्ष पनि करिब ४० हजार भक्तजनले पूजापाठ गर्ने र त्यसका लागि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन टोकनको व्यवस्था गरिएको सदस्य तोया लम्सालले जानकारी दिए । सिद्धबाबा मन्दिर बिकास समितिले भक्तजनका लागि निशुल्क प्रसाद वितरण तथा भण्डाराको व्यवस्था गरेको छ । बिहान साढे ३ बजेदेखि मन्दिरको मुख्य द्वार खुला गरी पूजापाठ चलिरहेको छ । बिहान ९:३० बजेसम्म १५ हजार भक्तजनहरुले पूजापाठ गरिसकेको लम्सालले जानकारी दिए ।

फोटो फिचर

 

तस्वीर : तोया लम्साल

 

तस्वीर : तोया लम्साल

 

 

तस्वीर : तोया लम्साल

 

तस्वीर : तोया लम्साल

 

तस्वीर : तोया लम्साल

 

तस्वीर : तोया लम्साल

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : ४३ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम