११ पुस २०८२, शुक्रबार | December 26, 2025

कांग्रेसमा अझैँ महिला नेतृत्व स्वीकारिएको छैन : कांग्रेस केन्द्रीय सदस्य नागिना यादव



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नागिना यादवले पार्टीमा महिलाको नेतृत्व स्वीकार गर्न हिचकिचाउने अभ्यास अझै कायम रहेको बताएकी छन्।

केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै नेता यादवले सत्य युगमा महिलाको शासन रहेको सुनेर पूजा गर्ने समाजमा कलियुग आइपुग्दासमेत महिलाको नेतृत्व भने स्वीकार्य नहुनु अनौठो कुरा भएको बताइन्।

‘पार्टीभित्र क्षमता र प्रतिस्पर्धा गर्न सक्ने सक्षम महिलाहरू धेरै छन्। तर उनको नेतृत्व पार्टीले स्वीकारेको छैन। जबकि सत्य युगमा अर्थमन्त्री लक्ष्मी हुनुहुन्थ्यो, शिक्षामन्त्री सरस्वती हुनुहुन्थ्यो, रक्षामन्त्री दुर्गा हुनुहुन्थ्यो, त्यो सत्ता हाम्रो लागि अहिले पनि पूजनीय छ,’ उनले अघि भनिन्, ‘अहिले कलियुगमा भने महिलाको नेतृत्व स्वीकार्न तयार भएको अवस्था छैन। पार्टीमा गाउँदेखि केन्द्रसम्म महिलाको नेतृत्व स्वीकारिएको छैन।’

उनले महिलालाई पार्टीको मूलधारमा ल्याएर नेतृत्वमा नपुर्‍याए पार्टी झन् कमजोर बन्न सक्ने बताइन्।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : ०६ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको