७ आश्विन २०८३, बुधबार | September 23, 2026

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)



काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा कार्यरत सीडीओहरूको सरुवा तथा पदस्थापन गरेको जानकारी दिएको हो । साथै कारागार व्यवस्थापन विभागको महानिर्देशकसमेत परिवर्तन गरिएको छ ।

सूचनाअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ । यसअघि उनी गृह मन्त्रालयअन्तर्गत अन्य महत्वपूर्ण जिम्मेवारीमा कार्यरत थिए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय भोजपुरको प्रमुख जिल्ला अधिकारीमा राजन पौडेललाई खटाइएको छ । पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लक्ष्मीप्रसाद पौडेललाई दिइएको छ भने खोटाङ जिल्लामा रेखा कँडेललाई सीडीओका रूपमा पठाइएको छ । त्यस्तै, प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारीमा शान्ति राज प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

गृह मन्त्रालयका अनुसार बाँकी जिल्लाहरूमा पनि प्रशासनिक आवश्यकताअनुसार सरुवा गरिएको हो । सुरक्षा व्यवस्थापन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा प्रशासनिक कार्यलाई चुस्त बनाउने उद्देश्यले नियमित सरुवा गरिएको मन्त्रालयको भनाइ छ ।

हालै विभिन्न जिल्लामा शान्ति सुरक्षा, विकास निर्माण तथा प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूको कार्यसम्पादनको समीक्षा गर्दै आएको छ । सोही प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको बताइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : १७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज