२५ मंसिर २०८०, सोमबार | December 11, 2023

नुनका लागि जुम्लामा ढुंगामुढा भएपछि नेपालगन्जबाट पठाइयो तीन सय २० क्विन्टल नुन



नेपालगन्ज । कर्णाली प्रदेशको जुम्लामा नुनका लागि स्थानीयले साल्ट ट्रेडिङको कार्यालयमा ढुँगामुढा गर्नु पर्ने अवस्था आएपछि नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन पठाइएको छ ।

जुम्लामा नुनको कमी हुन नदिन सोमबार मात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको साल्ट ट्रडिङका लुम्बिनी प्रदेश कार्यालय प्रमुख महेश चौधरीले जानकारी दिए ।

कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने बताए । उनले प्रत्येक नयाँ आर्थिक वर्षका साउनदेखि नयाँ ‘टेन्डर’का लागि आह्वान गरिने भएकाले उक्त नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाडौँ पठाई सकिएको जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षको ०७९÷८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको सो कार्यालयले जनाएको छ । प्रदेश कार्यालय प्रमुख चौधरीका अनुसार कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात छ ।

प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक ¥याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ ¥याक नुन आयात हुने गर्दछ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : ४० बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको