६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिकाद्धारा युक्रेनलाई थप नयाँ सैन्य सहायता दिने घोषणा



वासिंगटन । अमेरिकाले बुधबार रुसी आक्रमणको जवाफ दिन युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

यसमा वायु रक्षा प्रणाली र आक्रमण ड्रोनहरू समावेश रहेका छन् । अमेरिकी रक्षा विभागका अनुसार सैन्य प्याकेजमा चारवटा उन्नत सतहबाट एयर मिसाइल प्रणाली मध्यम दूरीको वायु रक्षा ब्याट्रीहरूसमेत समावेश छन् ।

यसले युक्रेनलाई मिसाइल र ड्रोन आक्रमणको सामना गर्न मद्दत गर्नेछ । यो प्रतिरक्षा प्रणाली अमेरिकी राजधानी वाशिंगटन डीसी र यसको वरपरको क्षेत्रको सुरक्षा गर्न प्रयोग गरिदै आएको थियो ।

अमेरिकी रक्षा विभागले एक विज्ञप्तिमा भनेको छ कि युएसआई प्याकेजले युक्रेनको युद्ध आवश्यकताहरू पूरा गर्ने अमेरिकी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । यसले युक्रेनको सशस्त्र बलको दिगो क्षमतालाई आफ्नो क्षेत्रको रक्षा गर्न र मध्य र दीर्घकालीन रूपमा रूसी आक्रमणलाई रोक्नको लागि पनि कार्य गर्ने गर्दछ ।

नयाँ सैन्य प्याकेज अन्तर्गत अमेरिकाले युक्रेनलाई कुल १२ मिसाइल दिनेछ । मिडिया रिपोर्टका अनुसार रक्षा सचिव लोयड अस्टिनले गत नोभेम्बरमा रुसी आक्रमण रोक्नका लागि न्याम्स शतप्रतिशत सफल भएको बताएका थिए ।

यसअघि मंगलबार युक्रेनलाई सहायता उपलब्ध गराउने देशहरूसँगको बैठकपछि लोयड अस्टिनले रुसविरुद्धको युद्धमा युक्रेनलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ४० बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा