१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र यूएनका उच्च आयुक्त फतिमबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।

द्विपक्षिय भेटवार्तामा संयुक्त राष्ट्र संघीय प्रणालीलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित राष्ट्रहरूको सामूहिक हितलाई अगाडि बढाउने आपसी सरोकारका विभिन्न विषयमा छलफल भएको न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।

भेटपछि यूएनकी उच्च आयुक्त फतिमाले पनि महत्वपूर्ण छलफल भएको ट्वीटरमार्फत प्रतिक्रिया दिएकी छिन् । उनले एलडिसीको अध्यक्षको रुपमा राष्ट्रिय योजना आयोगले सफल नेतृत्व गरेको भन्दै उपाध्यक्ष श्रेष्ठलाई धन्यबाद दिएकी छिन् ।

‘नेपालको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेट हुँदा खुसी लागेको छ । एलडिसी अध्यक्षको रुपमा बलियो नेतृत्व गर्नु भएकोमा मैले उहाँलाई धन्यबाद दिएँ,’ फतिमाले ट्वीटरमा लेखेकी छिन्, ‘हामीले दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल गर्‍यौँ।’

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १ : ४६ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा