३ पुस २०८२, बिहिबार | December 18, 2025

दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन



दार्चुला । नेपालका ठुला भनिएका भन्सारहरुमा लक्ष्यको आधा पनि राजस्व उठाउन नसकिरहेका बेला दार्चुला भन्सार कार्यालयले भने आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । दार्चुला भन्सार कार्यालयले आव २०७९/८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकामा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो ।

गत आवमा रु ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व सङ्कलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए ।

उनले प्रत्येक वर्ष विभिन्न कारण राजस्वमा ह्रास आउने गर्थ्यो भन्दै गत आवमा भने लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गर्न सफल भएको बताए । गत आवको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजस्व उठेको छ ।

दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलोपटक हो । पछिल्लो समय नागरिक करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताए । यस्तै कार्यालयले चालु आवमा रु ५० लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ०२ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा