६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगको खोप र उपचारमा मन्त्रालयको सक्रियता



नेपालगन्ज । धिलै भएपनि लुम्बिनी प्रदेश सरकारले पशु चौपायामा महामारीको रुप लिएको लम्पी स्किन रोग विरुद्ध सक्रियता देखाएको छ । विहिबार मन्त्रालयका सचिव यमनारायण देवकोटाको अध्यक्षतामा बाँकेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बसेको बैठकले प्रदेशभरी लम्पी स्किन रोगको विरुद्धमा खोप तथा संक्रमणबाट विरामी पशुको प्राथमिक उपचार अभियान सन्चालन गर्ने निर्णय गर्दै मन्त्रालयले सक्रियता बढाएको हो ।

बैठकले लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारी विरुद्ध जुध्न सम्बद्धहरुलाई आग्रह गरेको छ । बैठकले लुम्बिनी प्रदेशका अधिकाश क्षेत्रहरुमा लम्पी स्किन रोगको महामारी फैलिसकेकोले यसको रोकथाम र उपचारमा जुट्न सरोकारवालाहरुलाई आग्रह गरिएको हो ।

मन्त्रालयले साउन दुई गते लम्पी स्किन रोगका बारेमा सुचना प्रसारण गर्ने परिपत्र गरेपछि साउन ४ गते बैठकमा मन्त्रालयका महाशाखा प्रमुख घनश्याम चौधरी, प्रशासनका खगराज उपाध्याय, भेटेरिनरी अस्पतालका कर्मचारीहरु, बाँके जिल्लामा रहेका सबै स्थानिय तहमा रहेको पशुसेवा शाखाका प्रमुख, प्रदेश करार कर्मचारीहरुको उपस्थितीमा नेपालगन्जमा बैठक बसेको थियो ।

बैठक पछि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ मा रहेको पशुपन्छि फार्महरुमा खोप तथा विरामी पशुको प्राथमिक उपचार अभियान सन्चालनको सुरुवात गरिएको मन्त्रालयका सचिव देवकोटाले जानकारी दिए । प्रभावित क्षेत्रको अनुगमन गरि तत्काल सो क्षेत्रमा खोप तथा प्राथमिक उपचार संचालन गर्न आफ्ना मातहतमा रहेका निकाय र सम्बधहरुलाई निर्देशन दिइएको मन्त्रालयका सचिव देवकोटाले बताए । उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न सचिव देवकोटाले कर्मचारी तथा पशुस्वास्थ्यकर्मिलाई आग्रह गरे ।

तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउने काम भैसकेको मन्त्रालयले जनाएको छ । विहिबार बाटै प्रदेशका १२ वटै जिल्लामा यस किसिमको अभियान संचालन गरिएको छ । यस अभियान नि।शुल्क रुपमा संचालन गरिने मन्त्रालयले जनाएको छ । सुरुतिर तराई र मध्यपहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत फैलिसकेको छ।

गाईभैँसीलाई हुने यो एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

स्थानीय तहहरुमा समन्वय गरेर जोखिम एरियामा रहेका सबै पशुहरुलाई खोप तथा उपचार प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिइन । खोप तथा उपचारका लागि बाँकेमा रहेका ८ पालिका बाट ६० जना कर्मचारी तथा प्रदेश करार कर्मचारी प्रभावित क्षेत्रमा खटिने प्रमुख अधिकारीले बताइन ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १० : २१ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले