१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

एनएलजी इन्स्याेरेन्सले बोलायो विशेष साधारणसभा



काठमाडौ। एनएलजी इन्स्याेरेन्सको १५ साउनमा बस्नेगरी विशेष साधारणसभा बाेलाएकाे छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुर्‍याउने प्रस्ताव सभामा पेस हुनेछ। हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

विशेष सभा साउन १५ गते आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । विशेष सभा प्रयोजनका लागि साउन ८ गते बुक क्लोज हुनेछ । साउन ७ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

एनएलजीलाई हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बिमा प्राधिकरणले अनुमति दिइसकेको छ । अब सभामार्फत प्रस्ताव परित गरी अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।

बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । कम्पनीले नियामकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि अपुग हुने पुँजी बोनस सेयरमार्फत पुर्याउने देखिन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २३ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक