१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

संघीय गणतन्त्रप्रति जनता सन्तुष्ट छैनन् : कृष्णप्रसाद सिटौला



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय गणतन्त्रको एक कार्यकालबाट जनता खुशी नभएको बताएका छन्।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले संघीय गणतन्त्रको पहिलो कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट नभएको बताए। पहिलो कार्यकालका चार वटा बजेट एमालेले ल्याएको र पछिल्लो बजेट गठबन्धनले ल्याएको बताउदै संबिधानले मौलिक अधिकारको रुपमा स्थापित गरेका विषयलाई कार्यान्वयन गर्नुपर्ने उनले बताए।

बैठकमा बोल्दै पार्टीको केन्द्रीय समितिको बैठकले आम सरोकारका विषयमा पार्टीले धारणा बनाउनुपर्ने उनको भनाइ थियो। पार्टीका कार्यक्रम कार्यान्वयन गर्दा प्रदेशको महत्वलाई नबिर्सिन सुझाव दिँदै उनले पार्टीका कार्यक्रम गर्दा कार्यकर्तालाई व्यापक रुपमा जिम्मेवारी कार्यक्रम गर्न आग्रह गरेका छन्।

सिटौलाले बैंकको ब्याज महँगो भयो भनेर आन्दोलन हुन थालेको भन्दै यसमा पार्टीको धारणा मागेका थिए। उनले संबिधानले व्यवथा गरेको संघीय लोकतन्त्रका बारेमा पार्टीको प्रतिबद्धता आउनु पर्ने विचार राख्दै संबिधानले व्यवस्था गरे अनुसारका कानुनहरु तत्काल बनाउनुपर्ने बताएका थिए।


प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ३३ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै