१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । गत साउन २ सोमबार निर्वाचनको पर्यबेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन् ।

सोमबार राती स्वदेश फर्केका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका पार्टीका शिर्ष नेताहरुले स्वागत गरेका थिए ।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यबेक्षण गर्न बिशेष अतिथिको रुपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित  सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी थिए ।

एक साता लामो कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ४२ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै