५ पुस २०८२, शनिबार | December 20, 2025

यी पाँच भारतीय टिभी शो, जसको २ हजार बढी एपिसोड बनेको थियो



मुम्बइ । टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् ।

एकै समयमा धेरैले केहि महिना भित्र अफ एयरमा जान्छन् । तर त्यहाँ केही शोहरू छन्, जसले हामीलाई ५ वा १० वर्ष होइन १५ वर्षदेखि मनोरञ्जन दिइरहेका छन्।

जहाँ यो लिस्टमा धेरै फ्यानहरुले तारक मेहताका ‘उल्टा चश्मा’को नाम लिने गरेका छन् । तारक मेहताको यो टिभी शो सुरु भएको १५ वर्ष भइसक्यो तर अधिकांश एपिसोडको हिसाबले टिभीको लोकप्रिय सिरियलले यसलाई पछाडि छोडेको छ ।

टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’, ‘एक सोप ओपेरा’ हो, जुन १२ जनवरी २००९ मा स्टार प्लसमा सुरु भएको थियो। अक्षरा र नैतिकका पात्रहरूबाट सुरु भएको थियो, जुन अहिले उनकी नातिनी अक्षरा र उनका पूर्व पति अभिमन्युको वरिपरि घुमिरहेको छ । योसँगै यो शोको हालसम्म ४ हजार १३७ एपिसोड आएका छन् र यो टिभीमा चलिरहेको छ ।

दोस्रो नम्बरमा तारक मेहताको ‘उल्टा चश्मा’ छ, जुन सोनी सबको सिटकम हो। यसको कथा जेठालाल र उनको छिमेकी अर्थात् गोकुलधामका बासिन्दाहरूको कथामा आधारित छ। २८ जुलाई २००८ मा सुरु भएको यो सिरियलको अहिलेसम्म ३ हजार ८३१ एपिसोडहरू निमार्ण भईसकेका छन् र अझै पनि दर्शकहरूको नम्बर एक शोको रूपमा चलिरहेको छ।

तेस्रो सिरियल हो, ‘कुमकुम भाग्य’ । जसले २ हजार ४९१ एपिसोड पूरा गरिसकेको छ । यो १५ अप्रिल २०१४ मा लन्च भएको थियो, जसमा प्रज्ञा र अभिको कथा देख्न पाइन्छ । यद्यपि यो कथा अहिले अगाडि बढेको छ र मुख्य पात्रले शोलाई अलविदा गरिसकेका छन्।

चौथो सिरियल हो– ‘बालिका वधु’ । जसको २२४८ एपिसोड थिए । जुन कलर्स टिभीको यो सिरियल २१ जुलाई २००८ मा सुरु भई ३१ जुलाई २०१६ मा समाप्त भएको थियो ।

पाँचौं सिरियल एन्ड टिभीको ‘भाभीजी घर पर है’ । यो सिरियलले २ हजार ११९ एपिसोड पूरा गरेको थियो, जुन २ मार्च २०१५ मा सुरु भएको थियो।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : १८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन