१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

भरतपुर अस्पतालको सिटी स्क्यान बिग्रिदा सेवा प्रभावित



चितवन । भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवा प्रभावित भएको छ। अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या आएकाले केही दिनका लागि सेवा बन्द हुने जानकारी गराएको हो।

सिटी स्क्यान मेसिन उपलब्ध गराउने हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मेसिनको वार्षिक मर्मत तथा विस्तृत मर्मतको सम्झौता अवधि (४ साउनसम्म) सकिएको चार दिनपछि मेसिन बिग्रिएको हो। मेसिनको ग्राफिक्स कार्डमा नै समस्या आएको अस्पतालका बायोमेडिकल इन्जिनियर तुलसी खनालले बताए।

अस्पतालको सिटी स्क्यान मेसिनबाट दैनिक ४०-५० जना बिरामीले सेवा लिँदै आएका थिए। २०७४ जेठमा ६ करोड ४७ लाख रूपैयाँ खर्चिएर खरिद गरिएको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिनामै बिग्रिएको हो।

मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटीस्क्यान सप्लाई गर्ने कम्पनीलाई नै बर्षको ५० लाख दिने गरेर मर्मत सम्भारसम्बन्धी सम्झौता गरेको थियो। सिटी स्क्यान मेसिनका नाममा अस्पताललाई बर्षोसम्म कम्पनीले ‘दुहुनो गाई’ बनाएको भन्दै अस्पताल भित्रै आलोचनासमेत हुँदै आएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ८ : ५२ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक