१५ पुस २०८२, मंगलबार | December 30, 2025

सेटिङ हैन भने भरिया मात्र किन पक्राउ परे ? – रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा ठूलो सेटिङ भएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सेटिङ विना यत्रो सुन विमानस्थलवाट बाहिर आउनै नसक्ने दाबी गरेका छन् । उनले यो सेटिङ जनताले थाहा पाइसकेको भन्दै यस्ता घटना आउँछन् अनि कर्मचारीको सरुवा किन हुन्छ भन्दै प्रश्न गरे ।

उनले यो सरुवा कारबाही हो कि पुरस्कार हो ? भन्दै उनीहरुलाई तुरुन्त बर्खास्त गर्ने हो कि सरुवा गरेर पुरस्कार गर्ने हो ? भनी प्रश्न गरे । उनले कुनै अभियोगमा डामेर छोडेपछि समय दिएपछि अनुसन्धान प्रभावित गर्ने, टेलिफोन फर्म्याट गर्न मिल्छ होला? भनी प्रश्न गरे ।

‘सरकारलाई सूचना आएको थियो रे । अनि भरिया मात्र पक्राउ गर्न यस्तो गरिएको हो,’ उनले भने, ‘हैन भने यसलाई पछ्याएर मालिक पनि समाउने सकिन्थ्यो होला नि । यो किन भएन यो एउटा ठूलो सेटिङ हो ।’

जो प्रमुख हुन् उनीहरुले त्यो निकायको प्रमुख रहन नसक्ने भन्दै उनीहरुले प्रमाण नष्ट गर्न सक्ने बताए । ‘यही विषयमा छलफल गर्न हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छौं । चित्त बुझ्दो जवाफ नपाएमा रास्वपाले अरु कदम चाल्नेछ,’ उनले भने, ‘यो प्रकरणमा भरियालाई मात्र मुद्दा दायर गर्ने अनि केही कर्मचारीहरु सरुवा गरेर यसलाई टाल्न मिल्दैन ।’

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ०९ बजे

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा

राष्ट्रिय च्याउ दिवस : नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य

प्रसाईलाई बुद्धको तस्बिर उपहार दिँदैै प्रधानमन्त्रीले भनिन् – ‘शान्ति कायम राख्ने अभियानमा साथ दिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम