४ भदौ २०८३, बिहिबार | August 20, 2026

लुम्बिनी विकास कोषको ध्यान नपुग्दा रामग्रामले बनायो स्तूप विकास कोष ऐन



परासी । लोमो समयदेखिको पर्खाइ पछि रामग्राम नगरपालिकाले रामग्राम स्तूप विकासका लागि नेतृत्व लिने तयारी गरेको छ । बुद्धको परिनिर्वाणपश्चात् विभिन्न राजाले बनाएका आठ स्तूपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तूपको छुट्टै महत्व भए पनि ओझेलमा परेको छ । लुम्बिनी विकास कोषको अधिनमा रहेको यस स्तूपको विकासमा चासो दिनुपर्नेमा लुम्बिनीमै मात्र सीमित रहेर कोषले काम गरेकाले नगरपालिकाले रामग्राम विकास कोष ऐन तयार पारेर नेतृत्व आफैले लिने जानकारी गराएको छ ।

बुद्ध धर्मावलम्बीहरुले रामग्राम स्तूपमा ध्यान र अवलोकन गर्न दिनहुँ आउने गरेका छन् । यहाँ थाइल्यान्ड, श्रीलङ्का, भेतनाम, कोरिया, जापान चीन र भारतका पनि बुद्धमार्गीहरू आउने गरे पनि यो स्तूपको विकासमा ध्यान नदिएकाले स्तूप ओझेलमा परेको स्थानीयवासी शम्भु उपाध्यायले बताए । पर्यटकहरु स्तूपमा त आउँछन् तर बास बास्नका लागि कुनै व्यवस्था छैन न त खानेपानीको व्यवस्था रहेको उनको गुनासो छ ।

रामग्राम स्तूप पुरात्तात्विक स्थल भएकाले कुनै पनि संरचना बनाउनु अघि उक्त कोषलाई जानकारी गराउनुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख धनपत यादवले बताए । कोषले न त रामग्राम स्तूपमा केही काम गर्छ न त यस नगरपालिकालाई गर्न अनुमति दिन्छ जस्का कारण रामग्राम स्तूप विकासको पर्खाइमा रहेको उनको गुनासो रहँदै आएको छ ।

विकास नभएकै कारण ठूलो महत्वको यस स्तूप खासै व्यवस्थित नभएकाले नगरपालिकाले नै कार्यविधि बनाएर रामग्राम विकास कोष ऐन १२औँ नगरसभाबाट पास गराएको नगरप्रमुख यादवले बताए । उक्त ऐन कोषको ऐनसँग बाझिए परिमार्जित गरी सहकार्य गरेर अगाडि बढ्ने पनि उनले जानकारी गराए ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले रामग्रामले बनाएको ऐनका बारेमा जानकारी नभएको बताए । उनले कोष रामग्राम स्तूप विकासका लागि प्रयासरत रहेको उल्लेख गरे । हाल कोषले रामग्राम स्तूप विकासका लागि गुरुयोजनाबमोजिम नेपाल सरकारसँग स्रोत उपलब्ध गराउन अनुरोध गरेको सदस्यसचिव शाक्यको भनाइ छ । रामग्राम स्तूपमा २६ बिघा जग्गा कोष तथा पुरातत्व विभागबाट अधिग्रहण गरिए पनि करिब तीन÷चार सय बिघा अधिग्रहण गर्न आवश्यक देखिएको उल्लेख गर्दै उनले कोषबाट उक्त स्तूपमा तीनजना कर्मचारी (सेक्युरिटी गार्ड) राखिएको, अहिलेसम्म यहाँको उत्खनन, पूजा (प्रार्थना) गर्ने स्थल, स्तूप परिक्रममाका लागि काठको हिँड्ने बाटो र ट्वाइलेट निर्माणलगायत काम भइसकेको जानकारी गराए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ३८ बजे

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।