२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष



नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो ।

लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आज पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ । नोभेम्बर १ तारिखदेखि सुरु गरिएको उत्खनन्मा प्राचीन कालका विहारका विभिन्न इँटाका पर्खालहरू र पोखरी फेला परेको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का सल्लाहकार तथा दुरहाम युनिभर्सिटिको प्रोफेसर रविन कनिङ्गमले बताए । उनका अनुसार यस क्षेत्रमा प्राचीनका विभिन्न भौतिक संरचना छन् । भगवान् गौतमबुद्धको अस्तिधातु रहेको उक्त क्षेत्रमा सुरुमा ‘जियोफिजिक्स’ द्वारा केही आधार खोज्ने प्रयास गरिएको थियो । उक्त ‘जियोफिजिक्स’ कै आधारमा उत्खनन् गरेपछि ती भौतिक संरचना फेला परेको प्रोफेसर कनिङ्गमले जाकारी दिए ।

रामग्राम स्तूप भगवन् गौतमबुद्धको आठ अस्तिधातु मध्येको एक हो । बाँकी सात वटा अस्तिलाई विभिन्न राजाहरूले ८४ हजार टुक्रा गरेर विभिन्न ठाउँमा बाडे पनि रामग्राम स्तूपको भने कोलि राज्यले सिङ्गो नै राखेका छन् । जसको महत्त्व अन्य स्तूपभन्दा बढी रहेको बताइँदै आइएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले उत्खननमा भेटिएको प्रमाणबाट काल निर्धारण गरिने बताए । उनका अनुसार अहिले भेटिएको विभिन्न प्रमाणले यहाँ कुन कालको संरचना हो, कस्तो मान्छे बस्थे लगायतको कुरा खुल्ने बताएका छन् । यस्तै पछिका दिनमा पनि यस क्षेत्रमा उत्खनन् कार्यलाई निरन्तर दिइने कुँवरले बताए ।

कुँवरले रामग्राम स्तूपलाई केन्द्र विन्दु मानेर एक हजार मिटर चारै दिसातर्फ खोज अध्ययन अनुसन्धान गरिनुपर्ने आवश्यकता देखिएको बताए । रामग्राम र लुम्बिनीसँगै सम्बन्धित रहेको पण्डितपुरमा पनि ‘जियोफिजिक्स’ को काम भइहरको उनले बताए । उनका अनुसार त्यहाँ पनि केही तथ्य भेटिएको छ । जुन प्राचीनकालको सहर हुन सक्ने अनुमान गरिएको कुँवरले बताए । यी क्षेत्रमा रहेको संरचानालाई संरक्षण गर्नका लागि स्थानीय तहलाई लुम्बिनी विकास कोषले ध्यानाकर्षण गराएको छ ।

यसैबीच रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुम्बिनी विकास कोष लुम्बिनीमै सीमित नभई रामग्रामलाई पनि गुरुयोजनाअन्तर्गत विकास गर्न आग्रह गरेका छन् । उनले भने, “रामग्राम स्तूपमा पर्यटक आउँछन् तर तथ्याङ्क के कति ? कसैसँग नभएकाले संवेदनशील हुने गरेछन् ।” रामग्राम नगरपालिकाले लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तूप विकासलाई रु २० लाख रकम विनियोजन गरेको रामग्राम नगरपालिकाका मेयर यादवले बताए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ४७ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा