बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउपालिका-३ स्थित निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपनजिकै पहिरोले सडक पुरिएको हो ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार आज बिहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ लगायतका ठाउँका लागि छुटेका सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् भने ती स्थानहरुबाट आएका सवारी साधनहरु पनि बीचमै अलपत्र परेका छन् । पहिरोलाई हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया