९ चैत्र २०८२, सोमबार | March 23, 2026

लुम्बिनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने



 

दाङ । लुम्बिनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेश सरकार प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण तथा कर्नियाको अपरेसन निःशुल्क गर्ने बजेटको व्यवस्था गरेपछि प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको हो ।

आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने कार्यक्रम लागु गर्ने लुम्बिनी पहिलो प्रदेश भएको प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिए । उक्त कार्यक्रम लागु गर्नका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु भइसकेको मन्त्री खनालले बताए।

यस कार्यक्रम अन्तर्गत सरकारले आँखा नदेख्नेलाई उपचारका लागि रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरी बिरामीको उपचार गरेबापतको रकम सोझै अस्पतालको खातामा पठाइने गरि व्यवस्था हुने गरि कार्यबिधि तयार हुँदै गरेको मन्त्री खनालले बताए ।

विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरुका लागि यो कार्यक्रम निकै फलदायी हुने सरकारको विश्वास छ।

आँखाको ज्योती गुमाएका धेरै ब्यक्तिहरु रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसकेर असहज जीवन बाँचिरहेको हुँदा उनीहरुलाई लक्षित गरि कार्यक्रम ल्याइएको मन्त्री खनालले बताए।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १२ : ३० बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी