२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

नेपालगन्जमा आजबाट अत्याधुनिक सिनेमा हल ‘सिने रोयल’ संचालनमा



नेपालगन्ज । भारतीय दर्शकलाई समेत लक्षित गर्दै नेपालगन्जमा अत्याधुनिक सिनेमा हल संचालन गरिएको छ । नेपाल भारत सीमानाका नजिकै आदर्शनगरमा बिहीवारदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ संचालनमा आएको हो ।

२५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको हल नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्शन’मा आधारित ३ वटा स्क्रिन भएको सिनेमा हल भएको संचालकले दाबी गरेका छन्  । सिने रोयलको २ सय ५० क्षमताको दुई वटा हल तथा १ सय ५० सिट क्षमताको एउटा हल रहेको ‘सिने रोयल’का प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए ।

उदघाटनका अवसरमा आमन्त्रित पत्रकारहरुलाई हलबारे जानकारी गराइएको थियो । बिहीवार पहिलो दिन आमन्त्रितहरुलाई निःशुल्क फिल्म समेत देखाइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको हलमा शुक्रवारदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने प्रबन्ध निर्देशक डा.थापाले बताए। अत्याधुनिक सुबिधा रोज्ने दर्शक तथा भारतबाट नेपालमा आउने दर्शकहरुलाई सुबिधा सम्पन्न सेवा दिने लक्ष्य सहित सिनेमा हल निर्माण भएको उनले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ९ : ५७ बजे

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको