५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालगन्जमा आजबाट अत्याधुनिक सिनेमा हल ‘सिने रोयल’ संचालनमा



नेपालगन्ज । भारतीय दर्शकलाई समेत लक्षित गर्दै नेपालगन्जमा अत्याधुनिक सिनेमा हल संचालन गरिएको छ । नेपाल भारत सीमानाका नजिकै आदर्शनगरमा बिहीवारदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ संचालनमा आएको हो ।

२५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको हल नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्शन’मा आधारित ३ वटा स्क्रिन भएको सिनेमा हल भएको संचालकले दाबी गरेका छन्  । सिने रोयलको २ सय ५० क्षमताको दुई वटा हल तथा १ सय ५० सिट क्षमताको एउटा हल रहेको ‘सिने रोयल’का प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए ।

उदघाटनका अवसरमा आमन्त्रित पत्रकारहरुलाई हलबारे जानकारी गराइएको थियो । बिहीवार पहिलो दिन आमन्त्रितहरुलाई निःशुल्क फिल्म समेत देखाइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको हलमा शुक्रवारदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने प्रबन्ध निर्देशक डा.थापाले बताए। अत्याधुनिक सुबिधा रोज्ने दर्शक तथा भारतबाट नेपालमा आउने दर्शकहरुलाई सुबिधा सम्पन्न सेवा दिने लक्ष्य सहित सिनेमा हल निर्माण भएको उनले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ९ : ५७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता