९ चैत्र २०८२, सोमबार | March 23, 2026

सहकारीको ४ करोड बढी हिनामिना गरेर पक्राउ परेका राजु घर्ती १२ लाख धरौटीमा रिहा



बुटवल । बुटवल र त्यस आसपासका बचतकर्ताको करोडौं हिनामिना गर्ने एक सहकारी संचालक १२ लाख धरौटीमा छुटेका छन् । बचतकर्ताको करोड बढी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती १२ लाख धरौटी राखेर छुटेका हुन् ।

बचतकर्ताको ४ करोड बढी रकम अपचलन गरेको आरोप लागेका उनलाई १२ लाख धरौटीमा छुटाएर केही सहकारी माफियाहरुले घर्तीलाई उन्मुक्ति दिने षडयन्त्र गरेको पीडितहरुको गुनासो छ ।

घर्ती विरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराए पछि घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको थियो । सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती एक्कासी सम्पर्क विहिन बनेका थिए । बुटवल र भैरहवाका गरि बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रुपैयाँ फिर्ताको माग गर्दै पीडितहरुले उजुरी दर्ता गराएका थिए ।

जिल्ला अदालत रुपन्देहीले मँगलबार सहकारीका अध्यक्ष घर्तीलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । यसैगरी सहकारीका मार्केटिङ हेड सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायधिश महेन्द्रराज काफ्लेको ईजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए ।

बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सञ्चालक घर्तीकै अग्रसरमा गत मंसिर १७ गते विभिन्न ९ सहकारी संस्थासँग मर्जर गरेको कुरा सार्वजनिक गर्दै केही समय बचतकर्ताहरुलाई भ्रममा राख्न सफल भएका उनी केही समय पछि कार्यालय बन्द गरेर भागेपछि उनी विरुद्ध बचतकर्ताले जाहेरी दर्ता गरेका थिए ।

बुटवलमा रहेको आगन्तुक, भैरहवाको जनप्रिय बहुउद्देश्यीय सहकारी, सार्थक बहुउद्देश्यीय सहकारी, शाइन बहुउद्देश्यीय सहकारी, उपदेश बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारीसँगै कपिलवस्तुको सुसन्देश बहुउद्देश्यीय सहकारी, नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी र बुटवलको वरदान बहुउद्देश्यीय सहकारीले आर्थिक संकट टार्न मर्जर प्रक्रियामा गएको जनाएका थिए ।

उनीहरुले साझा नाम ‘सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ को नाममा अघि बढ्ने गरी मर्जर प्रक्रियामा गएको जनाए पनि सञ्चालकहरुकै मनोमानीले त्यो प्रक्रिया समेत रोकिएको थियो । त्यसमा जोडिएकामध्ये अधिकांश सहकारीका सञ्चालक बचतकर्तालाई रकम फिर्ता गर्न नसक्दा सम्पर्कविहिन भएर बसेका छन् भने केही संकटग्रस्त अवस्थामा रहेका छन् ।

मर्जर घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेती, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही सहकारी संघका अध्यक्ष भीम तुलाचन, राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटालगायतले सहकारी मर्ज भएको र अब कुनै समस्या नआउने दाबी गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : १२ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता