१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

मंगलबारसम्म नयाँ सरकार गठनमा दाबी गर्न कोशी प्रदेश प्रमुखको आह्वान



काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आउँदो मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभा प्रतिनिधित्व गर्न दल र तिनका सदस्यलाई आह्वान गरेका छन् ।

मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बिहीबार बदर गरेपछि शुक्रबार प्रदेश प्रमुख खापुङ्गले १६ साउन मंगलबार बेलुका ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न दाबी पेस गर्न आह्वान गरेका हुन् ।

विश्वास मत प्राप्त गर्न नसकेपछि एमालेका हिक्मत कार्की अल्पमतमा परेसँगै मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएपछि सभामुखको हस्ताक्षरसहित कांग्रेसका उद्धव थापाले दाबी पेस गरेका थिए । त्यसपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरियो । सो नियुक्तिविरुद्ध कार्की सर्वोच्च अदालत गएका थिए । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्नेसहितको परमादेश जारी गरेको थियो ।

यसपछि कार्की पुनः कामचलाउ प्रदेश सरकारको मुख्यमन्त्रीमा पदस्थापन हुने भएका छन् । साथै प्रदेश प्रमुख खापुङ्गको दाबी पेस गर्न गरेको आह्वानले कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  २ : २५ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा